कर्फ्युपछि सुनसान विरगंज, ४० जना पक्राउ

दिपेश पौडेल

पर्सा प्रहरीले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई  पक्राउ गरेको छ।

आइतबार बिहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

स्थानीय प्रशासनले लगाएकोकर्फ्यु उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए।

स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे। अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेसम्मका लागि कर्फ्युको समय थपेको छ।

विरगञ्जमा शनिबार भएको दुई समुदायबिचको झडपपछि धार्मिक सदभाव बिथोलिन सक्ने भन्दै स्थानीय प्रशासनले तनाव व्यवस्थापनको लागि सर्वपक्षीय बैठक पनि गरेको छ।

कर्फ्युपछि विरगंज सुनसान भएको छ। यता भारतको रक्सौल नाका हुँदै नेपाल भित्रिने यात्रुहरूकर्फ्युका कारण सीमा क्षेत्रमा अलपत्र परेका छन्।

यात्रुहरूलाई गन्तव्यमा सहज पुग्न स्थानीय प्रशासनले वैकल्पिक नाकाहरू प्रयोग गर्न सुझाएको छ।

प्रकाशित मिति: : 2025-04-13 14:22:00

प्रतिकृया दिनुहोस्