विरगंजमा लम्बियो कर्फ्यु, सेना परिचालन

विरगंजमा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त भएपछि हिजोदेखि लगाइएको कर्फ्युको समय थप गरिएको छ।

शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

हिजो साँझ साढे ६ बजेदेखि आज मध्याह्न १२ बजेसम्मका लागि जारी कर्फ्युको समय आज राती १२ बजेसम्मका लागि थप गरिएको छ।

कर्फ्युको समयमा पनि झडप नरोकिएपछि स्थिति सामान्य बनाउन र शान्ति सुव्यवस्था कायम गराउन भन्दै सेना समेत परिचालन गरिएको छ।

प्रकाशित मिति: : 2025-04-13 12:59:00

प्रतिकृया दिनुहोस्