भारतीय प्रहरीको ‘शरण’मा पुगेका दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले आज काठमाडौं ल्याउँदैछ। बिहीबार उनले भारतको आसाम प्रहरीमा ‘आत्म समर्पण’ गरेका थिए।
त्यसपछि आसाम प्रहरीले पूर्वी नाकासम्म ल्याएर नेपाल प्रहरीलाई सुम्पेको हो। नेपाल प्रहरीले उनलाई भद्रपुर बिमानस्थलबाट काठमाडौं ल्याउन लागेको छ।
गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको हिंसाका उनी मुख्य दोषी हुन्। भीडलाई उत्तेजित बनाएर उनी प्रहरीकै घेराबाट भागेका थिए।
त्यसक्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको भएको छ भने आन्दोलनकारीले एकजना पत्रकारलाई जलाएर मारेका थिए। प्रहरीले उनीमाथि मानवहत्याको आरोपमा मुद्दा लगाउन खोजिरहेको थियो।
प्रसाईंले यो बीचमा दुईपटक भिडिओ जारी गरेर आफू भारत नगएको र नेपालमै कतै ज्यान जोगाएर बसेको बताउँदै आएका थिए।
तर नेपाल प्रहरीले भने उनी भारत पुगिसकेको विश्लेषण गरेर भारतीय प्रहरीसँग सहयोग मागेको थियो।