प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार सुशासन र स्थिरताको लागि बनेको बताएका छन्।
उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै अहिलेको सरकारको मुख्य एजेण्डा नै सुशासन र विकास भएको बताएका हुन्।
सरकारका नीतिहरू छिनछिनमा बदलिने, व्यवसायी क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, एउटा सरकारको ठाउँमा अर्को सरकार बन्ने र अघिल्लो सरकारले ल्याएका राम्रा कामहरू पनि उच्चारण समेत गर्न नहुने जस्ता कुराहरूलाई अन्त्य गर्नका लागि अहिलको सरकार बनेको ओलीको भनाइ थियो।
भिडियो-
000
कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन्।
बरालको बिहीबार राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बरालले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए।
यो पनि-
000
परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखामार्फत् काम सुरू गरेको बताएकी छन्।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारणसभामा बाेल्दै उनले
नेपालमा लगानीका अधिक सम्भावनाहरू रहेकाले वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने बताएकी हुन्।
विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेकाले बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर उचित वातावरण निर्माण गर्नुपर्ने उनले बताएकी थिइन्।
000
सरकारले जग्गा प्राप्ति सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्ने नयाँ कानुन बनाउन सुझाव मागेको छ।
गृह मन्त्रालयको कानुन महाशाखा अन्तर्गतको कानुन तथा फैसला कार्यान्वयन शाखाले ‘जग्गा प्राप्ति सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को प्रारम्भिक मस्यौदा मन्त्रालयको आधिकारिक वेबसाइटमा राख्दै सुझाव मागेको हो।
सरकारले अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३ र जग्गा प्राप्ति ऐन २०३४ लाई एकीकृत गरी नयाँ ऐन निर्माण गर्न लागेको हो।
000
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजयप्रसाद मिश्र विजयी भएका छन्।
एसोसिएसनको २७औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै उनी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गरेर विजयी भएका हुन्।
मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मिश्रले ५ हजार ५२ र श्रेष्ठले २ हजार ६ सय २१ मत पाएका हुन्।
000
काठमाडौं महानगर प्रहरी बलका राजुनाथ पाण्डेलाई कारबाही गर्न माग गर्दै महानगरका कर्मचारी तथा पेशागत संगठनले ज्ञापनपत्र बुझाएका छन्।
बिहीबार राजुनाथ पाण्डेलाई कारबाहीको माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको हाे।
चैत २१ गते पाण्डेले मेयर बालेन शाहले कार्यकारीलाई कार्यालयमा छिर्न नदिनू भन्दै आदेश दिएको भनेर गुरागाईंलाई प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए। त्यसैले पाण्डेलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्नुपर्ने कर्मचारीहरूकाे माग छ।
000
बिहीबार झण्डै ६ हजार रूपैयाँ सुनकाे मूल्य वृद्धि भएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ५ हजार ७ सय रुपैयाँले बढेकाे हाे।
याेसँगै छापावाल सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेकाे छ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो।
000
नेपालले चार देशिय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो पटक जित निकालेकाे छ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार नेपालले कुबेतलाई ६ विकेटले हराउँदै जित निकालेकाे हाे।
जितसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ। पहिलो खेलमा नेपालले कतारलाई पराजित गरेकाे थियो।