आज प्रतिनिधिसभा अन्तरगतका तीन समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ। 

सोमबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो। 

अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ। 

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको ३ बजे बसिने छ। 

यसैगरि, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक विहान १० बजे बस्ने छ। बैठकमा मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्वन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: : 2025-04-07 07:53:00

प्रतिकृया दिनुहोस्