प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा सांसदहरूबीच संसदमै चर्काचर्की परेको छ।
ओलीले बोल्न समय पाएको बेलामा पूर्वराजाको बारेमा प्रसंग निकालेपछि राप्रपा सांसदहरूले उठेर विरोध गरेका थिए।
त्यसपछि प्रधानमन्त्री केपी ओलीले झर्किँदै जवाफ दिएका छन्। उनले तीनकुने घटनामा पूर्वराजा नै दोषी रहेको भन्दै कारबाही गरिने चेतावनी दिए। उनले आपराधिक कार्यमा संलग्न पूर्वराजालाई पनि नछोड्ने चेतावनी दिए।
त्यसपछि राप्रपा सांसदहरूले उठेर विरोध गरेपछि चर्चाचर्की भएको थियो।