सडकमा मञ्च, पातलिए सवारी (तस्बिरहरू)

Break n Links
Break n Links

काठमाडौंमा शक्ति प्रदर्शनका लागि दुबै पक्षले धमाधम तयारी थालेका छन्। तीनकुनेमा राजावादीहरू बिहानैदेखि जम्मा हुन थालेका छन् भने भृकुटी मण्डपतिर पनि समाजवादी मोर्चाका कार्यकर्ताहरू भेला हुन थालिसकेका छन्। 

मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ, जसका कारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ। मोर्चामा आबद्ध प्रमुख दलहरुमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपा रहेका छन्। 

आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन्। दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनेछ। 

तर प्रहरीले भने उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाइएको र ट्राफिक व्यवस्थापन पनि त्यहीअनुसार मिलाइएको बताएको छ। 

दुई शक्ति प्रदर्शन हुन थालेपछि काठमाडौंका सडकमा आज बिहानैदेखि सवारी साधन पातलिएका छन्। 

हेर्नुहाेस् तस्बिरहरू–

प्रकाशित मिति: : 2025-03-28 09:45:00

प्रतिकृया दिनुहोस्