
बिएल संवाददाता
जनकपुरबाट करिब ५ क्वीन्टल गाँजासहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासबाट खटेको टोलीले जनकपुर–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत करिब ४ क्वीन्टल ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
शुक्रबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सँजीप कुमार यादवको कमाण्डमा गएको टोली, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, प्रहरी चौकी लक्ष्मिनियाको टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो।
ढल्केबरतर्फबाट जनकपुरतर्फ आउदै गरेको मधेश प्रदेश–०३–००२ ख २५२० नम्बरको निलो रंगको आयसर मिनि ट्रकलाई धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं.७ लक्ष्मिनिया चौक स्थित ढल्केबर–जनकपुर सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा भेटिएको हो।
मिनिट्रकको माथिल्लो भागमा डोरी बाधी सोहि डोरी माथी रातो प्लास्टिक भित्र खैरो डोरीले बाधी लुकाई छिपाई राखी ल्याउँदै गरेको अबैध लागुऔषध गाजाँ ३४ पोका बरामद गरिएको जनाइएको छ।
गाँजा, मिनि ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिकाका २५ वर्षीय सन्जिव सिन्तान सहित मिनिट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको जनाईएको छ।
त्यस्तै झापामा पनि प्रहरीले साढे एक क्वीन्टल गाजासहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले १ हजार ६३६ किलो गाँजासहित दुईवटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षिय गंगाबहादुर बस्नेत पक्राउ परेका छन्।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया