बिएल संवाददाता
नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी स्मार्ट वेनस्डे अफर सुरु गर्दै छ।
यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० रुपैयाँ हुने गरी छुट प्राप्त गर्नेछन्।
यसको लागी भुक्तानी गर्न एससीटी-यूपीआई कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फतनै भुक्तानी गर्नुपर्नेछ। यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तिय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-यूपीआई कार्ड जारी गर्दै आइरहेको छ। यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ।
एससीटी-यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया