बिएल संवाददाता
नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी स्मार्ट वेनस्डे अफर सुरु गर्दै छ।
यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० रुपैयाँ हुने गरी छुट प्राप्त गर्नेछन्।
यसको लागी भुक्तानी गर्न एससीटी-यूपीआई कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फतनै भुक्तानी गर्नुपर्नेछ। यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तिय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-यूपीआई कार्ड जारी गर्दै आइरहेको छ। यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ।
एससीटी-यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया