बिएल संवाददाता
झापाको गौरीगञ्जस्थित गौरीगञ्ज बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा सत्तारुढ विद्यार्थी संगठनको गठबन्धन प्यानल विजयी भएको छ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको हो।क्याम्पसको ३३ बर्षे इतिहासमा पहिलोपटक सत्तारुढ दुई संगठन नेविसंघ र अनेरास्ववियूले गठबन्धन निर्माण गरेको थियो।
स्ववियू सभापतिमा नेविसंघका रोशन यादव विजयी भए। उनले ४६ मत ल्याएर विजयी हुदाँ उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार लालदेव यादवले २९ मत र अखिल क्रान्तिकारीकी मेहिनीकुमारी राजवंशीले २२ मत प्राप्त गरिन्।
सचिवमा ४२ मत प्राप्त गरी अनेरास्ववियूका डिल्लीराज पौडेल विजयी भए। उनका प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार अभिषेक राजवंशीले २४ मत र अखिल क्रान्तिकारीका रोहितकुमार ठाकुरले २२ मत ल्याएका छन्।
कोषाध्यक्षमा गठबन्धनकै मुजेफर मियाले ३९ मत प्राप्त गरी विजयी हुदाँ उनका प्रतिद्धन्दी स्वतन्त्रकी तिलकुमारी यादवले २४ र अखिल क्रान्तिकारीकी लिजा गिरीले ३३ मत प्राप्त गरिन्।
यसैगरी, सदस्यहरूमा दिल्ली राजवंशी (४८) ,युगेश कटुवाल (५१) ,इसाकुमारी राजवंशी (३८) मत प्राप्त गरी विजयी भए।
निर्वाचनमा नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्यानल र स्वतन्त्र विद्यार्थीहरूको छुट्टै प्यानल निर्वाचनमा प्रतिष्पर्धामा थिए। १ सय मतदाता रहेको क्याम्पसको निर्वाचनमा ९७ मत खसेको थियो।
जिल्लाका १३ वटा क्याम्पसमा आज सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ३३२ जना उम्मेद्वार चुनावी मैदानमा छन् भने १३ हजार ३१९ जना विद्यार्थीहरूले निर्वाचनमा भाग लिएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया