२५ कराेड (डलर)का भरिया पक्राउ, मालिककाे खाेजी, ज्ञानेन्द्रले सहयोग गरेको प्रचण्डको भनाई (भिडियाे समाचार)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था फर्काउनको लागि आन्दोलन गर्ने निर्णय गरेको छ। 

मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हाे। 

आन्दोलनको कार्यक्रम तय गर्नका लागि चैत १२ गते मूल आयोजक समितिको बैठक बोलाइएको छ। सोही बैठकले आन्दोलन कार्यक्रम घोषणा गर्नेछ। 

000

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन्।

मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यतिबेला ज्ञानेन्द्रले मुर्खतामार्फत आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका हुन्।

ज्ञानेन्द्रले मुर्खता नगरेको भए अझै केहीवर्ष राजतन्त्र टिक्न सक्ने उनको भनाइ थियो।

000

नेपाली कांग्रेसले अहिले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल अघि नबढेको स्पष्ट पारेको छ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराएका हुन्।

नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलहरू पनि अहिलेकै संविधानको रक्षाका पक्षमा रहेको भन्दै सत्तामा आउनेबारे कुनै छलफल नभएको उनकाे भनाइ थियाे। 

000

प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँ बोकेको ट्रक लिएर चीन जाने क्रममा पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको छ।

प्रहरीले मंगलबार ट्रकसहित पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

रकम बोकेर चीनको केरुङ जाँदै गरेको ट्रक र चालकलाई प्रहरीले टोखाको झोरबाट पक्राउ गरेको थियो। 

पक्राउ परेका लामा भरिया मात्र रहेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यसअघि उनी ७ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर पाँच वर्ष जेल बसेर छुटेका थिए।

 000

परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनको विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्रमन्त्री देउवाले छुट्टै भेट गरेकी हुन्।

उक्त भेटका क्रममा उनले युक्रेनी सेनाद्वारा युद्धबन्दीका रुपमा कब्जा गरिएका ७ जना नेपालीलाई रिहाइ गर्न आग्रह गरेकाे बताइएकाे छ। 

000

इसराइलले गाजा क्षेत्रमा हवाई आक्रमण गर्दा चार सयभन्दा बढीको मृत्यु भएको छ।

इसराइलले गाजामा आक्रमण गरेपछि दुई महिनादेखि रोकिएको युद्ध पुन: सुरू हुने खतरा बढको छ।

मंगलबार भएको आक्रमणबाट ४०० जना भन्दा बढीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएकाे छ। 

प्यालेस्टाइनी लडाकू समूह हमाससँग अझै पनि ५९ जना बन्धक छन्। इसराइसले फेरि आक्रमण गरिपछि युद्धविराम तोडिएको जनाएको छ।

000

पाटन संयुक्त क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन्। 

स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो। 

झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी र समिक राई घाइते भएका छन्। 

झडप भएसँगै मतदान राेकिएकाे छ। 

000

सिंगापुरविरुद्ध मैत्रीपूर्ण तथा मलेसियाविरुद्ध एएफसी एसियन कप छनोट खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीकाे बिदाइ भएको छ ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले बिदाइ गरेका हुन्। 

नेपालले यही मार्च २१ मा सिंगापुरसँग र मार्च २५ मा मलेसियासँग खेल  खेल्नेछ।

प्रकाशित मिति: : 2025-03-18 20:23:00

प्रतिकृया दिनुहोस्