बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ।
मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले लिङ्देनकै नेतृत्वमा अब पार्टी राजा फर्काउने आन्दोलनमा होमिने बैठकमा सहभागी प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए।
निर्मल निवासले पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा राजावादी मोर्चाको घोषणा गरेपछि असन्तुष्ट लिङ्देनले आज कार्यसम्पादन समितिको बैठक बोलाएका थिए।
निकै चर्काचर्कीबीच सम्पन्न बैठकले राप्रपाको नेतृत्वमा हुने आगामी आन्दोलनको कार्यक्रमहरू तय गर्न चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बोलाएको छ। बैठकको नेतृत्व पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नेछन्।
यसअघि राप्रपाले धवलशमशेर राणाको नेतृत्वमा आन्दोलन परिचालन मूल समिति गठन गरेको थियो। राणालाई हटाएर राप्रपाले लिङ्देनकै नेतृत्वमा आन्दोलनमा होमिने निर्णय गरेको हो।
नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चामा पनि आन्दोलन परिचालन समितिकै जिम्मेवारी पाएका छन् धवलशमेर राणाले। उक्त मोर्चाको सोमबारको बैठकमा पार्टीको निर्णयबेगर राप्रापा नेताहरू सहभागी भएको भन्दै बैठकको सुरुमै लिङ्देनले असन्तुष्टि व्यक्त गरेका थिए।
राणासहित वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, पशुपति शमशेर र विक्रम पाण्डेलगायत नेताहरू सहभागी भएका थिए। तर, लिङ्देनले भने बैठक बहिष्कार गरेका थिए।
बैठकमा लिङ्देनले पार्टीको आधिकारीक निर्णयविनै पार्टी बाहिरका बैठकमा सहभागी हुँदा पार्टी कमजोर हुने भन्दै असन्तुष्टि पोखेका थिए।
‘पार्टीको आधिकारिक निर्णयबेगर बाहिर-बाहिर गरिने निर्णयले पार्टीलाई हित गर्दैन। साथीहरूले जे गरिरहनुभएको छ यसले पार्टीलाई कमजोर मात्र गर्छ। पार्टीलाई एकजुट बनाउँदैन। हाम्रो जारी आन्दोलनलाई पनि यसले राम्रो गर्दैन,’ लिङ्देनको भनाइ उद्यृत गर्दै बैठकमा सहभागी एक नेताले भने।
त्यस्तै उनले राजावादी मोर्चामा सुवेदीको आधिकारीकतामाथि नै प्रश्न उठाएका छन्। त्यस्तो अनाधिकृत मोर्चामा जानकारीविनै आफ्नो पनि नाम राखिएको भन्दै दिङदेनले चर्को असन्तुष्टि व्यक्त गरेका थिए।
ति नेताका अनुसार लिङ्देनले ‘कसले उहाँलाई आधिकारीकता प्रमाणित गर्यो? किन हुल बाँधेर जानुभयो? कुनै चिठी छ? कतै अडियो भिडियो छ आधिकारीकता प्रमाणित गरेको?’ भन्दै हप्किदप्की गरेका थिए।
त्यस्तै बैठकमा सहभागी अधिकांश सदस्यहरूले मिश्र र धवलको आलोचना गरेका थिए। एक सदस्यले त मिश्रतर्फ लक्षित गर्दै ‘आफ्नो पार्टी फुटाउँदै-फुटाउँदै राप्रपामा आइपुगेकाहरूले राप्रपा नै फुटाउने खेल खेल्न सक्ने’ दाबी गरेका थिए।
ती नेताका अनुसार उनले भनेका थिए, ‘पार्टी फोड्दै हिँडेकाले यहाँपनि विध्वंश मच्चाउन सक्छन् अध्यक्षज्यू। आफैं नेतृत्वमा जान जेपनि गर्न सक्छन् यस्ता परिचालित तत्वहरूले। यस्तालाई निष्कासन गर्नुपरे पनि पछि हट्न हुँदैन।’
त्यस्तै उनले पार्टीको आधिकारिक निर्णयबेगर नै कसैले जम्मा गरेको भिडमा गएर पार्टीको नाम दुरुपयोग गर्नेलाई यत्तिकै छाड्न नहुने भनेका थिए।
पार्टीमा यतिसम्म गरियो कि राणा र मिश्रलाई राम्रोसँग बोल्नसमेत दिइएन।
ती नेता भन्छन्, ‘उहाँहरू (मिश्र र धवल) रुझेको बिरालो जस्तै लुत्रुक्क परेर बस्नुभएको थियो। बोल्ने त परको कुरा।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया