बिएल संवाददाता
प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँ बोकेको ट्रक लिएर चीन जाने क्रममा पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको छ।
प्रहरीले मंगलबार बिहान ट्रकसहित पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
रकम बोकेर चीनको केरुङ जाँदै गरेको ट्रक र चालकलाई प्रहरीले टोखाको झोरबाट पक्राउ गरेको थियो। पक्राउ परेका लामा भरिया मात्र रहेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनी यसअघि नै ७ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर पाँच वर्ष जेल बसेर छुटेको खुलेको छ।
प्रहरीले पुरानो र अहिलेको घटनालाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका लामा भरिया मात्र रहेको खुलेपछि मालिकको खोजीमा केन्द्रीत हुने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
अहिले बरामद रकम पनि सुन तस्करीका लागि चीनको केरुङ लिएर जान लागेको प्रहरीको आशंका छ।
लामालाई राजश्व छलि तथा सुन चोरी पैठारी अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई राजश्व विभाग हरिहर भवनमा जिम्मा लगाउने प्रहरीले बताएको छ
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया