बिएल संवाददाता
प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँ बोकेको ट्रक लिएर चीन जाने क्रममा पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको छ।
प्रहरीले मंगलबार बिहान ट्रकसहित पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
रकम बोकेर चीनको केरुङ जाँदै गरेको ट्रक र चालकलाई प्रहरीले टोखाको झोरबाट पक्राउ गरेको थियो। पक्राउ परेका लामा भरिया मात्र रहेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनी यसअघि नै ७ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर पाँच वर्ष जेल बसेर छुटेको खुलेको छ।
प्रहरीले पुरानो र अहिलेको घटनालाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका लामा भरिया मात्र रहेको खुलेपछि मालिकको खोजीमा केन्द्रीत हुने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
अहिले बरामद रकम पनि सुन तस्करीका लागि चीनको केरुङ लिएर जान लागेको प्रहरीको आशंका छ।
लामालाई राजश्व छलि तथा सुन चोरी पैठारी अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई राजश्व विभाग हरिहर भवनमा जिम्मा लगाउने प्रहरीले बताएको छ
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया