बिएल संवाददाता
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छुद्र शब्दमा गाली गर्दै गम्भिर आरोपहरू लगाएका छन्। यद्यपि पूर्वराजा ज्ञानेन्द्रलाई लाग्ने यस्ता आरोपहरू भने गालीका रुपमा प्रचलित नै छन्।
तर पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले उनलाई निकै तल्लोस्तरमा झरेर गाली गरेका छन्।
शुक्रबार सिन्धुपाल्चोकमा माओवादी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई ‘भाईमारा, मूर्तिचोर अनि सुन तस्कर र वंश बिनास’ गर्ने को हो? भनेर प्रश्न गरेका हुन्।
केही हजार मान्छे सडकमा उतार्दैमा इतिहास उल्टाउन सम्भव नभएको भन्दै प्रचण्डले ज्ञानेन्द्रलाई भने ‘इँटको जवाफ पत्थरले दिन तयार छौं।’
उनले ज्ञानेन्द्रलाई उनका आसेपासेहरूले उचालेको भन्दै त्यसमै मख्ख नपर्न पनि चेतावनी दिए। उनले त्यसको जवाफ आफूहरूले चैत १५ गतेको प्रदर्शनबाट दिने पनि बताए।
‘एक दुई ठाउँमा विदेशीको फोटो टाँस्दैमा फर्कन सक्छु भन्ने लागेको हो भने होसियार!’ प्रचण्डले भने ‘मूर्ति चोर को हुन् ? नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा? भाइमारा को हो? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्सियो भन्ने ठानेको?’
आफ्नै वंश मास्नेले फेरि आएर धाक लगाउन नमिल्ने समेत उनकाे भनाइ थियाे।
२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए भन्ने नेपाली जनताले बिर्सिएको नबिर्सिएकाे बताउँदै उनले भने, 'भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ?'
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया