बिएल संवाददाता
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छुद्र शब्दमा गाली गर्दै गम्भिर आरोपहरू लगाएका छन्। यद्यपि पूर्वराजा ज्ञानेन्द्रलाई लाग्ने यस्ता आरोपहरू भने गालीका रुपमा प्रचलित नै छन्।
तर पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले उनलाई निकै तल्लोस्तरमा झरेर गाली गरेका छन्।
शुक्रबार सिन्धुपाल्चोकमा माओवादी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई ‘भाईमारा, मूर्तिचोर अनि सुन तस्कर र वंश बिनास’ गर्ने को हो? भनेर प्रश्न गरेका हुन्।
केही हजार मान्छे सडकमा उतार्दैमा इतिहास उल्टाउन सम्भव नभएको भन्दै प्रचण्डले ज्ञानेन्द्रलाई भने ‘इँटको जवाफ पत्थरले दिन तयार छौं।’
उनले ज्ञानेन्द्रलाई उनका आसेपासेहरूले उचालेको भन्दै त्यसमै मख्ख नपर्न पनि चेतावनी दिए। उनले त्यसको जवाफ आफूहरूले चैत १५ गतेको प्रदर्शनबाट दिने पनि बताए।
‘एक दुई ठाउँमा विदेशीको फोटो टाँस्दैमा फर्कन सक्छु भन्ने लागेको हो भने होसियार!’ प्रचण्डले भने ‘मूर्ति चोर को हुन् ? नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा? भाइमारा को हो? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्सियो भन्ने ठानेको?’
आफ्नै वंश मास्नेले फेरि आएर धाक लगाउन नमिल्ने समेत उनकाे भनाइ थियाे।
२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए भन्ने नेपाली जनताले बिर्सिएको नबिर्सिएकाे बताउँदै उनले भने, 'भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ?'
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया