बिएल संवाददाता
नेपाल रग्बी संघ र अन्तर्राष्ट्रिय चाइल्ड फन्डको आयोजनमा दुई दिने ‘ग्रासरूट टु ग्लोबल वुमन्स लिडरसिप’ कार्यक्रम सम्पन्न भएको छ।
काभ्रेको नमोबुद्ध नगरपालिकास्थित जनक माध्यमिक विद्यालयमा बिहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
नमोबुद्ध नगरपालिका र राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोगमा आयोजित कार्यक्रमको उद्देश्य ‘महिलाहरूको नेतृत्व विकास’ रहेको नेपाल रग्बी संघकी महिला विभाग प्रमुख एलिसा थापाले बताइन्।
उनका अनुसार खेलको मध्यमबाट महिलाहरूको नेतृत्व विकास र स्थानीयबाट अन्तर्राष्ट्रिय स्तरसम्म अवसर प्रदान गर्नेछ।
कार्यक्रमकाे उद्घाटन समारोहमा नमोबुद्ध नगरपालिका मेयर कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरि तथा महिला तथा बालबालिका शाखा प्रमुख तारा सुनवारकाे उपस्थिति थियाे।
उक्त कार्यक्रममा देशभरबाट रग्बी खेलका खेलाडीहरूलगायत ४० जना महिलाले सहभागिता थियो।
बिहिबार कार्यक्रमकाे समापन नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतन राज गिरिले गरे। कार्यक्रकाे फाेकल पर्सनकाे रुपमा नेपाल रग्बी संघकी महिला विभाग प्रमुख थापा थिइन् भने सहजकर्ता थिइन् नेपाल रग्बी संघकाे बोर्ड सदस्य कामना गिरि।
कार्यक्रममा सहभागी चारजना लिडरबाट उत्कृष्ट एक लिडर छनोट गरेर विश्व रग्बीले आयाेजना गर्ने ‘ग्रासरूट टु ग्लोबल वुमन्स लिडरसिप’ फाेरममा २०२५ मा सहभागी हुने अवसर पाउने छन्।
नेपाल रग्बी संघले महिला खेलाडी उत्पादन गर्न र नेतृत्व विकासको लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया