
बिएल संवाददाता
नेपाल रग्बी संघ र अन्तर्राष्ट्रिय चाइल्ड फन्डको आयोजनमा दुई दिने ‘ग्रासरूट टु ग्लोबल वुमन्स लिडरसिप’ कार्यक्रम सम्पन्न भएको छ।
काभ्रेको नमोबुद्ध नगरपालिकास्थित जनक माध्यमिक विद्यालयमा बिहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
नमोबुद्ध नगरपालिका र राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोगमा आयोजित कार्यक्रमको उद्देश्य ‘महिलाहरूको नेतृत्व विकास’ रहेको नेपाल रग्बी संघकी महिला विभाग प्रमुख एलिसा थापाले बताइन्।
उनका अनुसार खेलको मध्यमबाट महिलाहरूको नेतृत्व विकास र स्थानीयबाट अन्तर्राष्ट्रिय स्तरसम्म अवसर प्रदान गर्नेछ।
कार्यक्रमकाे उद्घाटन समारोहमा नमोबुद्ध नगरपालिका मेयर कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरि तथा महिला तथा बालबालिका शाखा प्रमुख तारा सुनवारकाे उपस्थिति थियाे।
उक्त कार्यक्रममा देशभरबाट रग्बी खेलका खेलाडीहरूलगायत ४० जना महिलाले सहभागिता थियो।
बिहिबार कार्यक्रमकाे समापन नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतन राज गिरिले गरे। कार्यक्रकाे फाेकल पर्सनकाे रुपमा नेपाल रग्बी संघकी महिला विभाग प्रमुख थापा थिइन् भने सहजकर्ता थिइन् नेपाल रग्बी संघकाे बोर्ड सदस्य कामना गिरि।
कार्यक्रममा सहभागी चारजना लिडरबाट उत्कृष्ट एक लिडर छनोट गरेर विश्व रग्बीले आयाेजना गर्ने ‘ग्रासरूट टु ग्लोबल वुमन्स लिडरसिप’ फाेरममा २०२५ मा सहभागी हुने अवसर पाउने छन्।
नेपाल रग्बी संघले महिला खेलाडी उत्पादन गर्न र नेतृत्व विकासको लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया