बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकी छन्।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौंको क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएकी हुन्।
उनले भनिन्,‘काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको स्थानीय बासिन्दाको उजुरीको बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। यसमा ध्यानाकर्षण गराउन चाहन्छु।’
सुमनाको आरोपपछि नेपाली कांग्रेसका सांसदहरूले आपत्ति समेत जनाए। कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत आधा दर्जन सांसदहरूले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले आपत्तिको विषय सोधेका थिए।
तर, सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन्। माइक नपाएपछि सांसद केसीले आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न चुनौती दिए। पुष्टि नहुने भए संसद्को रेकर्डबाट हटाउन माग पनि गरेका थिए। तर, सभामुखले रेकर्डबाट हटाउने माग अस्वीकार गरी सभा सञ्चालनलाई निरन्तरता दिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया