बिएल संवाददाता
नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत भदौ २३ गते भएको आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको आरोप लगाएका छन्।
भण्डाफोर तथा विरोध कार्यक्रममा बोल्दै बस्नेतले सुरुमा उक्त आन्दोलनप्रति आफूहरूको कुनै आपत्ति नरहेको बताए। तर आन्दोलनमा बाह्य शक्तिको स्रोत–साधन प्रयोग भएपछि त्यसको स्वरूप परिवर्तन भएको उनले बताए।
‘भदौ २३ गते भएको आन्दोलनमा सबैको समर्थन थियो, हाम्रो पनि कुनै आपत्ति थिएन,’ बस्नेतले भने, ‘तर जब त्यो आन्दोलनमा साम्राज्यवादी शक्तिहरूको स्रोत–साधन परिचालन गरियो, राज्यका सेना, प्रहरीलगायत निकायहरू मूक दर्शक बने र जानेर वा नजानेर सहयोगी भए।’
त्यसपछि आन्दोलन सामान्य विरोध प्रदर्शनमा सीमित नभइ मुलुकमाथिको गम्भीर आक्रमणको स्वरूपमा परिणत भएको उनले बताए।
उनले बाह्य शक्तिले नेपाललाई आफ्नो चङ्गुलमा फसाउने प्रयास गरेको आरोप लगाउँदै नयाँ पुस्ताका युवाहरूलाई प्रयोग गरिएको बताए। उनका अनुसार यस क्रममा मुलुकको सम्पत्ति नष्ट हुने अवस्था सिर्जना भएको थियो।
‘कुनै बम पड्काउन परेन, कुनै मिसाइल पड्काउन परेन, कुनै आक्रमणका लागि स्थान तय गर्न परेन। हाम्रा नेपाली युवालाई नै त्यो ढङ्गले प्रयोग गरियो,’ उनले भने।
बस्नेतले आन्दोलनका क्रममा आर्थिक स्रोत परिचालनसँगै सामाजिक सञ्जालको समेत व्यापक प्रयोग गरेको बताए। उनले फेक आइडी बनाएर राष्ट्र, देश र संस्थागत मूल्य–मान्यताको पक्षमा बोल्ने तथा विकास र राष्ट्रवादको पक्षमा धारणा राख्नेहरूलाई सामाजिक रूपमा नकारात्मक देखाउने प्रयास भएको आरोप लगाए।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया