मधेस कृषि विश्वविद्यालयका उपकूलपति र रजिष्ट्रार बर्खास्त

Break n Links
Break n Links

मधेस कृषि विश्वविद्यालयका उपकूलपति डा. वैजनाथ महतो र रजिष्ट्रार भगवान ठाकुर बर्खास्त भएका छन्।

विश्वविद्यालय सभाको निर्णयअनुसार उनीहरू बर्खास्त भएका हुन्।  

विश्वविद्यालयको नीति विपरीत अनधिकृत काम गरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको थियो। त्यही आधारमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा एउटा छानबिन समिति गठन भएको थियो। समितिले गत असोजमा प्रतिवेदन बुझाएको थियो। जसमा उनिहरूमाथि लागेको आरोप पुष्टी हुने आधारहरू प्रस्तुत गरिएको थियो। 

जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक इगाोका बीचमा अहिले विश्वविद्यालय अस्तव्यस्त भइरहेको छ। 

सरकार र विश्वविद्यालय नेतृत्व फरक हुँदा दैनिक कामकाजलगायत सबै प्रशासनिक र आर्थिक कारोबारहरू ठप्पप्राय छ। 

यसअघि उपकूलपति र रजिष्ट्रारमाथि आर्थिक काराेबारमा हिनामिना गरेकाे आराेप थियाे। गत पुसमा भएकाे विश्व विद्यालय सभाबाट दुबैजनालाई बैठकमा सहभागी हुन दिइएकाे थिएन। 

प्रकाशित मिति: : 2025-03-05 10:21:00

प्रतिकृया दिनुहोस्