
बिएल संवाददाता
नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानामगरले नेपाल नागरिकता ऐन (दोस्रो संशोधन) विधेयक, २०८१ मा लैंगिक अल्पसंख्यक, पिछडिएका वर्ग तथा जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई समेट्नुपर्ने बताएकी छन्।
आइतबार प्रतिनिधि सभामा विधेयकमाथि छलफलका क्रममा बाेल्दै रानामगरले दक्षिण एशियाकै लोपाेन्मुख जातिकाे रुपमा रहेकाे राउटे समुदायले अहिलेसम्म नागरिकता नलिएकाले नागरिकता ऐनमै समावेश गरेर नागरिकता लिने वातावरण बनाउनुपर्नेमा जाेड दिएकी हुन्।
नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकता प्राप्त गर्ने मौलिक हक सुनिश्चित भएपनि विभिन्न कानुनी र प्रक्रियागत जटिलताका कारण अझै धेरै नेपाली नागरिकताविहीन रहनुपरेको उल्लेख गर्दै रानामगरले आमासँग मात्र रहेका १६ लाख ८८ हजार ८ सय ८६ बालबालिकाहरू प्रस्तावित विधेयकबाट लाभान्वित हुने भन्दै सरकार र गृहमन्त्रीलाई धन्यवाद व्यक्त गरिन्।
विधेयकका सकारात्मक पक्षहरूको प्रशंसा गर्दै सांसद रानामगरले भनिन्, ‘विधेयकमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका हकहरूलाई सुनिश्चित गर्दै पिछडिएका समुदाय तथा राउटे जातिलाई समेत समेट्नुपर्छ।’
यसअघि पनि विभिन्न सांसदहरूले नागरिकता विधेयकको दायरालाई फराकिलो पार्दै समावेशी बनाउनुपर्ने माग राख्दै आएका छन्। संसदमा यस विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया