बिएल संवाददाता
नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानामगरले नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभाव र यसबाट नेपालले सदुपयोग गर्न सक्ने अवसरहरूको बारेमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले जलवायु परिवर्तनले नेपालमा युवा र बालबालिकाहरूमा बढी प्रभाव परेको बताइन्। उनले संयुक्त रास्ट्रसङ्घको प्रतिवेदन अनुसार विश्वभर ७० प्रतिशत युवाले जलवायु परिवर्तनलाई आफ्नो चिन्ताको विषय बनाएको उल्लेख गरिन्।
उनले भनिन्, ‘युवाहरूले जलवायु परिवर्तन र वातावरणसम्बन्धी अभियानहरू सञ्चालन गरिरहँदा सरकार र सरोकारवालाहरूले बेवास्ता गरेको भन्ने गुनासाहरू सुनिरहेका छौं। अबको आवश्यकता भनेको जलवायु परिवर्तनसँग जुध्न नयाँ प्रकृति र सिप, विज्ञान र नवीकरणीय उर्जासम्बन्धी अध्ययन अनुसन्धानको खाँचो छ। यो एउटा चुनौतीसँगै अवसर पनि हो।’
भिडियो-
त्यस्तै उनले अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा एजेन्सीका अनुसार हरित उर्जा क्षेत्रमा सन् २०५० सम्ममा संसारमा ४ करोड २० लाख भन्दामाथी रोजगारी सिर्जना हुने अनुमान गरेकोले नेपालले यसको सदुपयोग पनि गर्नुपर्ने सुझाव दिइन्।
उनले भनिन्, ‘जलवायु परिवर्तनको असर युवा पुस्ताको भविष्यसँग प्रत्यक्ष जोडिएकाले यसले ल्याउने चुनौतीको सामना गर्न र अवसरको सदुपयोग गर्न युवाहरूले अहिले देखिनै सक्रिय भूमिका खेल्ने खालका योजना र रणनीति बनाउनुपर्ने विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत म यस गरिमामय सदनमार्फत गराउन चाहान्छु।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया