बिएल संवाददाता
नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानामगरले नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभाव र यसबाट नेपालले सदुपयोग गर्न सक्ने अवसरहरूको बारेमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले जलवायु परिवर्तनले नेपालमा युवा र बालबालिकाहरूमा बढी प्रभाव परेको बताइन्। उनले संयुक्त रास्ट्रसङ्घको प्रतिवेदन अनुसार विश्वभर ७० प्रतिशत युवाले जलवायु परिवर्तनलाई आफ्नो चिन्ताको विषय बनाएको उल्लेख गरिन्।
उनले भनिन्, ‘युवाहरूले जलवायु परिवर्तन र वातावरणसम्बन्धी अभियानहरू सञ्चालन गरिरहँदा सरकार र सरोकारवालाहरूले बेवास्ता गरेको भन्ने गुनासाहरू सुनिरहेका छौं। अबको आवश्यकता भनेको जलवायु परिवर्तनसँग जुध्न नयाँ प्रकृति र सिप, विज्ञान र नवीकरणीय उर्जासम्बन्धी अध्ययन अनुसन्धानको खाँचो छ। यो एउटा चुनौतीसँगै अवसर पनि हो।’
भिडियो-
त्यस्तै उनले अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा एजेन्सीका अनुसार हरित उर्जा क्षेत्रमा सन् २०५० सम्ममा संसारमा ४ करोड २० लाख भन्दामाथी रोजगारी सिर्जना हुने अनुमान गरेकोले नेपालले यसको सदुपयोग पनि गर्नुपर्ने सुझाव दिइन्।
उनले भनिन्, ‘जलवायु परिवर्तनको असर युवा पुस्ताको भविष्यसँग प्रत्यक्ष जोडिएकाले यसले ल्याउने चुनौतीको सामना गर्न र अवसरको सदुपयोग गर्न युवाहरूले अहिले देखिनै सक्रिय भूमिका खेल्ने खालका योजना र रणनीति बनाउनुपर्ने विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत म यस गरिमामय सदनमार्फत गराउन चाहान्छु।’
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया