बिएल संवाददाता
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो।
गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई भोलिपल्ट काठमाडौं ल्याइएको थियो। पहिलोपटक ७ दिन र दोस्रोपटक ३ दिन गरी दुईपटक गरी १० दिन थुनामा बिताइसकेका पौडेललाई फेरि म्याद थप गरिएको हो।
पुर्पक्षका लागि थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएका पौडेलको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया