बिएल संवाददाता
वैदेशिक अध्ययनका लागि बाहिरिएका नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार नेपाली विद्यार्थीले उक्त रकम विदेश पुर्याएका हुन्।
गत वर्षको तुलनामा भने यो रकम दुई अर्ब रुपैयाँभन्दा बढीले कम हो। राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो सोही अवधिमा वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम विदेशिएको थियो।
त्यस्तै ६ महिनाको समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च नौ दशमलव सात प्रतिशतले बढेर एक खर्ब एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा भ्रमण खर्च ९२ अर्ब ८७ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा गएको छ। जुन अघिल्लो वर्षको तुलनामा ८ अर्ब रुपैयाँले बढी हो। समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले बढेर ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया