बिएल संवाददाता
अमेरिकामा अवैध रूपमा बसेको प्रमाणित भएका चिनियाँहरूलाई फिर्ता ल्याउन चीन तयार भएको छ।
चिनियाँ विदेश मन्त्रालयले अवैधानिक रुपमा अमेरिकामा बस्दै आएको पहिचान भएका आफ्ना नागरिकलाई फिर्ता ल्याउन तयार रहेको बताएको हो।
मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘अमेरिका र अन्य देशका अध्यागमन र कानुन प्रवर्तन विभागहरूसँग सहकार्य गरिरहेका छौँ। प्रमाणीकरणपछि चिनियाँ नागरिकको रूपमा पुष्टि भएमा आफ्ना नागरिकहरूलाई फिर्ता लैजान चीन तयार छ।’
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको दिनबाटै अवैध आप्रवासन रोक्न कठोर नीति अपनाएका छन्। उनले अमेरिकामा अवैध बसिरहेका आफ्ना नागरिकहरू फिर्ता नलैजाने मुलुकहरूमाथि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएका छन्।
यसअघि भारतको विदेश मन्त्रालयले अमेरिकामा अवैध बसेको पुष्टि भएका आफ्ना नागरिकहरूलाई स्वदेश फिर्ता गर्न तयार रहेको बताइसकेको छ।
नेपाल सरकारले भने हालसम्म अमेरिकामा अवैध बस्दै आएका आफ्ना नागरिक फिर्ता ल्याउनेबारे केही निर्णय गरेको छैन। अमेरिकामा तीन हजार बढी नेपालीहरू अवैध बसोबास गरिरहेको अनुमान छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया