 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलको गृहजिल्ला अछाममा पार्टी छोड्ने नेता–कार्यकर्ताहरूको संख्या बाक्लिएको छ।
सुदूरपश्चिमबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका ‘राष्ट्रवादी’ नेतालाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निकाल्दा अछामी एमालेजनहरू रिसाएका छन्।
कतिसम्म भने एमाले अछामका केही गाउँ–नगरपालिका र दर्जनौँ वडा कमिटीहरू उनै रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान’मा समाहित भएका छन्।
 अध्यक्ष ओलीले नेता रावललाई कारबाही गर्दै यहीँ पुस दश गते साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेपछि रावल आफ्नै मातृभूमि जागरण अभियान खोलेर संठगन विस्तारमा व्यस्त छन्।
अध्यक्ष ओलीले नेता रावललाई कारबाही गर्दै यहीँ पुस दश गते साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेपछि रावल आफ्नै मातृभूमि जागरण अभियान खोलेर संठगन विस्तारमा व्यस्त छन्।
एमाले अछामकै कतिपय नेताहरू भन्छन्, ‘अछाम जिल्लामा एमाले भन्ने पार्टी सकिने भयो। अहिले त सबै कार्यकर्ताहररू भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा जोडिँदै छन्।’
रावललाई अन्य क्षेत्रबाट भन्दा सुदूरपश्चिम प्रदेशले राम्रो साथ दिएको छ। रावल नेतृत्वको अभियानमा गृहजिल्लाका अधिकांश संगठनमा प्रभाव राख्ने नेताहरू खुलेर लागेका छन्।
 त्यस्तै, एमालेको साँफेबगर नगर कमिटी नै रावलको अभियानमा लागेको छ। एमालेका अन्य पालिकाहरू चौरपाटी, ढकारी, तुर्माखाँद, बान्नीगढी जयगढ, मेल्लेख र रामारोशन गाउँपालिकाका कतिपय वडा कमिटीहरू पनि मातृभूमि जागरण अभियानमा समाहित भएको नेताहरूको दाबी छ।
त्यस्तै, एमालेको साँफेबगर नगर कमिटी नै रावलको अभियानमा लागेको छ। एमालेका अन्य पालिकाहरू चौरपाटी, ढकारी, तुर्माखाँद, बान्नीगढी जयगढ, मेल्लेख र रामारोशन गाउँपालिकाका कतिपय वडा कमिटीहरू पनि मातृभूमि जागरण अभियानमा समाहित भएको नेताहरूको दाबी छ।
अछाम जिल्लामा एमालेको संगठनलाई शून्यमा झार्ने र कमलबजार, पञ्चदेवल विनायक र मङ्गलसेन नगरपालिकास्थित सबै एमालेका नेता–कार्यकर्ताहरू डा. भीम रावलको समर्थनमा जुट्ने दाबी गरिएको छ।





 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया