बिएल संवाददाता
रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा रेडबुल साल्जबर्गलाई ५-१ ले हराएको छ।
प्रतियोगिताको सुरुवातका ६ खेलमा तीन हार तथा तीन जितको सामना गरेको रियलले सातौँ खेलमा उत्कृष्ट लय देखाएको हो।
गएराति भएको खेलमा रियलका लागि पहिलो हाफमा नै रोड्रिगोले २ तथा केलिएन एम्बाप्पेले १ गोल गरेका थिए। दोस्रो हाफमा भिन्सियस जुनियरले थप दुई गोल गरे।
यो जितसँगै रियलले कमसेकम प्ले अफ स्थान पक्का गरेको छ। रियल १२ अङ्कसहित १६ औँ स्थानमा छ। ८ औँ स्थानमा रहेको वायर लिभरकुसेनको १३ अङ्क छ।
आठौँदेखि १८ औ स्थानमा रहेका टोलीको बिचको अन्तर एक अङ्क मात्र छ। रियलले अर्को साता ब्रेस्टसँग प्रतिस्पर्धा गर्दैछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया