चीनको जनसंख्या निरन्तर ओरालो, ‘एक सन्तान नीति’ खारेज गर्दा पनि किन बढेन?

Break n Links
Break n Links

चीनको जनसंख्या लगातार ओरालो लागिरहेकोमा सन् २०२४ मा निरन्तरता पाएको छ।

२०२४ मा चीनको जनसंख्या १ अर्ब ४० करोड ८० लाख रहेको थियो। जुन सन् २०२३ को तुलनामा १३ लाख ९० हजारले कम हो। सन् २०२२ मा चीनको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको थियो।

चीन सरकारले जारी गरेको नयाँ प्रतिवेदनअनुसार देशमा वृद्धवृद्धाको जनसंख्या निरन्तर बढ्दै जाँदा सक्रिय उमेर समूहका मानिसहरूको संख्या खुम्चिँदै गएको गएको छ। जसले चीन सरकारको चिन्ता बढाएको छ।

केही वर्षअघिसम्म चीनले जनसंख्या वृद्धि नियन्त्रणका लागि एक सन्तान नीति लागु गरेको थियो। जसले जनसंख्या नियन्त्रणमा भूमिका खेलेको थियो। तर, पछिल्लो समय औसत आयु बढिरहेको तर जन्मदर नबढ्दा सरकार चिन्तित छ।

बढ्दो महंगीका कारण अविवाहित युवायुवतीको संख्या पनि बढिरहेको छ। जसकारण जन्मदर निरन्तर घटिरहेको छ। सरकारले युवाहरूलाई विवाहका लागि प्रोत्साहित गर्दै आएको छ। २०२३ मा चीनमा जम्मा ९० लाख बच्चा जन्मिएका थिए। जुन सन् २०१७ को तुलनामा आधाले कम हो।

त्यस्तै कोभिड महामारीक समयमा पनि चीनको मृत्युदर उच्च भएकोले जनसंख्या वृद्धिदर ऋणात्मक भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित मिति: : 2025-01-17 13:52:00

प्रतिकृया दिनुहोस्