नवलपरासीमा भासिँयो पुल, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

तस्बिर: नवलपुर प्रहरी
तस्बिर: नवलपुर प्रहरी

नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका– १ स्थित विनयी खोलाको पक्की पुल मर्मत गर्न नमिल्ने गरी भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

शुक्रबार साँझ साढे पाँच बजे पुल भासिएको थियाे। पुल भासिएपछि दुईतर्फी सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ। 

अहिले वैकल्पिक मार्ग बनाउने तयारी भइरहेको छ। 

वैकल्पिक मार्ग नहुञ्जेल पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा ठप्प हुने प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2025-01-10 17:38:00

प्रतिकृया दिनुहोस्