सूर्यदर्शन सहकारी ठगी प्रकरण: प्रतिवादीको बहस सकियो, जवाफी बहस सुरु

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ।

जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीतर्फका वकिलको बहस सकिएको हाे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएसँगै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ। 

सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ। बहस सकिएपछि थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ।

प्रतिवादीका तर्फबाट वकिलहरु रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।

त्यो सकिएलगत्तै न्यायाधीश नितिज राईको इजलासमा जाहेरवालाको तर्फबाट बहस सुरु भएको अदालत स्रोतले जनाएको छ । उनीहरुको बहस सकिएपछि सरकारी वकिलको पालो आउनेछ ।

सरकारी वकिलको बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश दिनेछ ।

प्रकाशित मिति: : 2025-01-08 16:33:00

प्रतिकृया दिनुहोस्