एमालेले शान्ति प्रक्रियाकाे काम राेक्ने गरेको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको बताएका छन्।
बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कठिन भएको बताए।
उनले शान्ति प्रकृया टुङ्गिन लागेका बेला नेकपा एमालेले रोक्ने गरेको पनि आरोप लगाए। ‘टुङ्ग्याउन कठिन भएको राजनीतिक कारणले नै हो। अझ गम्भिर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यही छ किन टुङ्ग्याउनु माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौंला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे भएकाले पनि याे टुङ्गोमा पुग्न नसकेकाे हो’, उनले भने।
यस्तै उनले पीडितहरू एकतावद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बर्बाद हुने भयो भन्ने ठाउँमा नपुर्याएसम्म अर्को १८ वर्षसम्म पनि शान्ति प्रक्रिया टुङ्गाे नलाग्ने बताए।
‘यसको समाधान पीडितहरुले बेलाबेलामा यो कुरा उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु किनकी अन्तिममा सडक नै हुने हो कि जस्तो मलाई लागेको छ’, प्रचण्डले भने, ‘यो विषय कानुनी भन्दा पनि बढि राजनैतिक नै छ। पीडितहर" एकतावद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोच बर्बाद हुने भयो भन्ने ठाउँमा नपुर्याएसम्म यो अर्को १८ वर्ष जान नि बेर छैन्।’
भिडियाे–