सरकारले बढायाे सार्वजनिक यातायातकाे भाडा

Break n Links
Break n Links

सरकारले सार्वजनिक यातायातको भाडा दर फेरि बढाएको छ। आज (साेमबार, पुस २२ गते) रातीदेखि लागू हुने गरी सरकारले ३.३० प्रतिशतले भाडा बढाएको हाे।

सार्वजनिक सवारी सधानसँगै सरकारले मालबहाक सवारी साधनकाे पनि भाडा बढाएकाे छ। 

यातायात व्यवस्था विभागकाअनुसार पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढेकाे छ। 

यसअघि सरकारले ३१ साउन २०८० मा अन्तिम पटक भाडा बढाएकाे थियाे। 

यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले बताएकाे छ।

विभागका अनुसार सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाउने निर्णय लिइएको हो।

यसैगरी श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको समेत विभागले जनाएको छ।

प्रकाशित मिति: : 2025-01-06 17:52:00

प्रतिकृया दिनुहोस्