सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटीकाे बैठक दोस्रो दिन पनि जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक साेमबार पनि जारी रहेकाे हाे।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ-आफ्ना धारणा राखिरहेका छन्।
आइतबार अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
हिजो पहिलो दिनको बैठकमा २७ जना सदस्यले धारणा राखेका थिए।