रास्वपाको निष्कर्ष– सरकार संसद अधिवेशनबाट भाग्याे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले सरकार संसद अधिवेशनबाट भागेको निष्कर्ष निकालेको छ। 

दुई दिन (शनिबार र आइतबार) स्वयम्भुस्थित स्टार बैंक्वैटमा बसेको बैठकले अध्यादेश ल्याउनका लागि सरकार संसद बैठकबाट भागेको निष्कर्ष निकालेको हो। 

बैठकपछि जानकारी गराउँदै कार्यवहाक प्रवक्ता मनिष झाले सरकार संसद अधिवेशनबाट भागेर अध्यादेश ल्याउन उद्दत भएको बताए। 

यस्तै बैठकले रवि सहकारी ठगीमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको पनि निष्कर्ष निकाले छ। 

रास्वपाले बैठकको निर्णय भने प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने भएको छ। 

याे पनि– रास्वपाले बनायाे संविधान परिमार्जन सुझाव कार्यदल

प्रकाशित मिति: : 2025-01-05 20:25:00

प्रतिकृया दिनुहोस्