एमाले छाड्नेलाई गोकुल बास्कोटाकाे कटाक्ष- खाएको थालमा चुठ्नु राम्रो होइन

File Photo
File Photo

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले एमाले छाड्नेहरुप्रति कटाक्ष गरेका छन्।

उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने टिप्पणी गरे। झन गएपछि सराप्ने सँस्कार वाहियात नै भएकाे बताए।

आफ्नै लागि आउनेहरुले सकेजति लाभ लिएर गएकाे नेता बास्कोटाका आराेप छ।

‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपुर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङघर्षको समयमा हुन्छ’, उनले भनेका छन्, ‘आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए। हाईट र लाईट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए। खाएको थालमा चुठ्नु राम्रो होइन, झन गएपछि सराप्ने सँस्कार वाहियात नै हो।’

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्वेन्द्र खनालले आइतबार बिहान पार्टी छाडेका घोषणा गरेपछि बास्कोटाले कटाक्ष गरेका हुन्।

प्रकाशित मिति: : 2025-01-05 11:38:00

प्रतिकृया दिनुहोस्