सहकारीलाई उत्पादन सँग जोड्न मन्त्री गुरुङकाे आग्रह

Break n Links
Break n Links

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीलाई उत्पादन सँग जोड्न आग्रह गरेका छन्। 

दिगो पर्यटन सहकारी संस्थाको १४ औं साधारण सभाको उद्घाटन पश्चात बोल्दै मन्त्री गुरुङले सहकारीलाई अनुशासीत बनाउन आवश्यक रहेको धारणा राखे। 

उनले केही सहकारी अत्यन्त अनुशासीत ढंगले सहकारीको उदेश्य पूरा गरे पनि केही सहकारीहरू सामन्त प्रवृत्ति देखिएको बताए। 

पछिल्लो समय यस्ता अनुशासनहीन र जनताको परिश्रम शोषण गर्ने सहकारीप्रति सरकारले खबरदारी गर्दै आएको उनकाे भनाइ छ।
 

प्रकाशित मिति: : 2025-01-04 15:22:00

प्रतिकृया दिनुहोस्