आज संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

आज संघीय संसद अन्र्तगत ६ वटा समितिको बैठक बस्दै छ।

जसअन्र्तगत अर्थ समितिको बैठक बिहान ११ बजे अर्थ समितिको बैठक कक्षमा बस्दैछ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिदैछ। 

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ११ बजे समितिको सभाकक्षमा बस्दैछ।

बैठकको कार्यसूचीमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा र नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थितिको बिषयमा छलफल हुँदैछ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको ३१ ‍‍औं बैठक पनि आज ११ बजे बस्दैछ।

बैठकमा नेपालमा जलबायू परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरु तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरुमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरु र आगामी दिनहरुमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउँने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिदैछ। 

यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको पचपन्नौँ बैठक बिहान ११ः३० बजे बस्दैछ। बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गरिनेछ। 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बस्दैछ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को सम्बन्धमा छलफल हुँदैछ। 

यस्तै, आज संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको २९ औँ बैठक पनि बस्दैछ। बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ। बैठक बिहान ११ः०० बजे बस्दैछ। 

प्रकाशित मिति: : 2025-01-03 09:47:00

प्रतिकृया दिनुहोस्