काठमाडाैँमा भूकम्पकाे धक्का महसुस भएको छ।
बिहीबार दिउँसाे १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्युटकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।
भूकम्पकाे धक्का काठमाडौँ उपत्यका, रसुवालगायतमा महसुस गरिएको थियो।