नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले तत्काल अर्काे पार्टी गठन नगर्ने तर अर्काे पार्टी खाेल्ने गरी अभियान चलाउने बताएका छन्।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीकाे भण्डाफोर गर्न गरेकाे पत्रकार सम्मेलनमा उनले यस्ताे घोषणा गरेका हुन्।
पार्टी निर्माणका लागि अब देश विदेशमा रहेका नेपालीहरूबीचमा अभियान चलाउने बताए।
उनले अहिलेका दलहरू इमान्दार नरहेकाे भन्दै भने– ‘राजनीतिक दल जनाताकाे समृद्धि, कल्याणमा केन्द्रीत र हुनुपर्छ। त्यसैले देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिकाे निर्माण अपरिहार्य बनेकाे छ। यसैतर्फ हाम्राे प्रयास र पाइलाहरू बढ्नेछ।’