लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरेका हुन्।
यसअघि प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो।
बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची छ।
हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ। चौथो अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।