आमाले दिएको पाँच सय रुपैयाँ बोकेर मुम्बई छिरेका थिए रवि किशन

photo–agency
photo–agency

रवि किशन आफ्नो अभिनयको कारण चर्चित छन्। आफ्नो खास अन्दाजको कारण उनी सिनेमा क्षेत्रमा परिचित छन्।

भोजपुरी फिल्मका चर्चित अभिनेता उनले बलिउडमा पनि फिल्म खेलेका छन्। जहाँ उनले आफ्नो अभिनयको कारण आफूलाई चिनाउन सफल भए।

खासमा, बाल्यकालदेखि नै अभिनयमा रुची थियो रवि किरणको। त्यही अभिनयको शौकिनको कारण उनले राम–लिलामा पनि काम गरे। तर उनको त्यही अभिनयको कारण उनले पिताबाट कुटाइ खाए। 

एक राम–लिलामा रवि किशनले सीताको भूमिका निभाएका थिए। तर जब त्यो कुरा उनको बुबाले थाहा पाए। तब उनलाई बेल्टले कुट्न थाले।

एक अन्तवार्ताको क्रममा रविले बताएका थिए कि जब उनी १४ वर्षका थिए। तब उनी घरपरिवारसँग लुकीछुपी रामलिलामा सीताको भूमिका गर्नका लागि जान्थे।

तर जब त्यो कुरा उनका पिताले थाह पाए, त्यसपछि उनले नमज्जासँग कुटाइ खाए। रवि किशनका अनुसार पिता यतिधेरै रिसाएका थिए कि उनले घरै छोड्न पर्यो।

उनलाई बुबाले कुटेको रात आमालाई लागेको थियो कि उनी कुटाइ खाएरै मर्नेछन्। त्यसैले आमाले उनलाई पाँच सय रुपैयाँ दिएर भनेको थिइन्, ‘रेलमा चढेर भागिहाल। नभए तँलाई उसले मार्नेछ।’

उनले पनि आमाको कुरा मानेर १४–१५ वर्षको उमेरमा मुम्बई छिरे।  

कुनैबेला सीताको अभिनय गरेर कुटाइ खाएका किशन अहिले भने चर्चित अभिनेता हुन्। र, अब उनको फिल्म अभिनेता अजय देवगनसँग आउने भएको छ। ‘सन अफ सरदार–२’मा उनको अभिनय देखिने बताइएको छ। 

पछिल्लो समय मात्र उनी आमिर खान र किरण रावको फिल्म ‘लापत्ता लेडीज’मा देखिएका थिए। जहाँ उनको अभिनयको खूबै प्रंशसा भएको थियो। 
 

प्रकाशित मिति: : 2024-12-30 12:34:00

प्रतिकृया दिनुहोस्