रवि लामिछानेलाई बयानका लागि अदालतमा उपस्थित गराइयाे

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बयानका लागि बिहीबार अदालतमा उपस्थित गराइएको हो।

रविसहित पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाईं, कृष्ण गुरूङ, आरती गुरूङ र पूर्वसांसद मीना गुरूङलाई पनि अदालतमा उपस्थित गराइएको छ।

सहकारी ठगी प्रकरणमा आरती र मीना मंगलबार पक्राउ परेका हुन्।

लामिछानेलगायतविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार अभियोग पत्र दर्ता भएकाे थियाे। ५ जनालाई बयानका लागि साेमबारदेखि नै अदालतमा उपस्थित गराइएको भएपनि जोशी र पछाईंकाे मात्रै बयान भएकाे छ।

लामिछानेसहितको मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयान भइरहेकाे छ। 

प्रकाशित मिति: : 2024-12-26 11:19:00

प्रतिकृया दिनुहोस्