फाेटाे पत्रकार बर्षा शाहसहित ६ जना पत्रकार पुरस्कृत भएका छन्। बुधबार तमू सञ्चारकर्मी संघले उनीहरूलाई पुरस्कृत गरेकाे हाे।
शाह पूर्व प्रधानसेनापति छत्रमान सिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन्। उनलाई गैर गुरुङतर्फबाट त्याे पनि पहिलाे पटक महिला फाेटाे पत्रकारलाई पुरस्कृत गरिएकाे तमू सञ्चारकर्मी संघले जनाएकाे छ।
यस संघले हरेक वर्ष तमू पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेकाे छ। जसमा एक जना गैर गुरुङ र ५ जना गुरुङ समुदायबाट पत्रकारितामा रहेकाहरूलाई पुरस्कृत गर्ने गरेकाे छ।
शाहसँगै पूर्व प्रधानसेनापति छत्रमान सिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट देवराज गुरुङ पुरस्कृत भएका छन्।
यस्तै सुश्री भद्रकुमारी घले पत्रकारिता प्राेत्साहन पुरस्कारबाट अपेक्षा गुरुङ, तमू ल्हाेसार मूल आयाेजक पत्रकारिता पुरस्कारबाट निरु गुरुङ, आदिकवि हर्कबादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट शीला गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट गणेश गुरुङ (सुरेन) पुरस्कृत भएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङकाे प्रमुख आतिथ्यतामा काठमाडौँमा आयोजित ‘तमू पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्यूज डटकम पत्रिका लोकार्पण’ समारोहमा उनीहरूलाई पुरस्कृत गरिएकाे थियाे।
कार्यक्रममा गुरुङ न्यूज डटकम पत्रिका लोकार्पण पनि गरिएकाे थियाे।
यसैबीच कार्यक्रममा बाेल्दै मन्त्री गुरुङले सरकारले छिट्टै एआईको प्रयोग सम्बन्धी कानुन ल्याउन लागेकाे बताए।