रास्वपा मात्र हाेइन, सहकारी ठगीमा संलग्न कांग्रेस–एमालेका नेतालाई पनि छाडिदैन: सञ्चारमन्त्री गुरुङ

Break n Links
Break n Links

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्बा गुरुङले एआईको प्रयोगसम्बन्धी कानुन चाँडै निर्माण गरिन लागिएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्दै उनले एआईको प्रयोग सम्बन्धी नीति ल्याएर त्यस लगत्तै कानुन पनि निर्माण गर्ने बताए।

‘हाम्रो मन्त्रालय बढी लाग्नुपर्ने भएकाले एआईको प्रयोग कसरी गर्ने भनेर यसपटक हामी एआईको प्रयोग सम्बन्धी पोलिसी (नीति) ल्याउँदै छौं। र त्यसको पोलिसी ल्याउने वित्तिकै त्यसको कानुन बनाउँछौं’, उनले भने। 

उनले सहरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान गर्‍यो भन्ने गलत प्रचार भएको बताए। 

समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगीमा संलग्न छ भने कांग्रेस–एमाले मात्र नभई जुनै पार्टीमा आवद्ध रहेको व्यक्तिमाथि कारबाही हुने उनको भनाइ छ।

प्रकाशित मिति: : 2024-12-25 13:20:00

प्रतिकृया दिनुहोस्