पूर्वराष्ट्रपति–उपराष्ट्रपति राजनीतिमा आउनु अनिष्टकारी कदम: काँग्रेस नेता रिजाल

Break n Links
Break n Links

नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउनु अनिष्टकारी कदम रहेको बताएका छन्। 

साेमबार काठमाडाैँमा भएकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन लागिरहेकाे भन्दै यस्ताे भएका हुन्। 

‘राष्ट्रको त्यो तहमा (राष्ट्रपति, उपराष्ट्रपति भएका) पुगेका व्यक्तिहरू सक्रिय राजनीतिमा आउन मरिहत्ते गर्नुको कुनै आवश्यकता छैन’,  उनले भने, ‘राष्ट्रले सम्मान गरेकाे व्यक्ति त्यही ठाउँमा बस्नुपर्छ।’

राष्ट्रपति, उपराष्ट्रपति पद साझा भएकाले त्यो पद ग्रहण गरिसकेका व्यक्ति कुनै अमुक पार्टीमा फर्किने कुरा लोकतन्त्रका लागि नसुहाउने उनकाे भनाइ छ।

‘एउटा ढोकाबाट छिरेर राष्ट्रपति, उपराष्ट्रपति हुने र अर्को ढोकाबाट फेरि राजनीतिमा आउने यो सर्वथा अनिष्टकारी कुरा हो’, रिजालले भने, ‘उपराष्ट्रपति भएका व्यक्तिलाई ल्याउन कहीँ पद खडा गरिँदैछ रे। राष्ट्रपति भइसकेका व्यक्तिलाई तपाईं आइदिनुपर्‍यो भनेर हारगुहार भइरहेको छ रे। यो मेरै पार्टीमा भएपनि म आलोचन गर्थेँ । यो राम्रो भइरहेको छैन।’

–भिडियाे

प्रकाशित मिति: : 2024-12-23 17:33:00

प्रतिकृया दिनुहोस्