बिएल संवाददाता
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनका कुराहरु उठाउँदा धेरैबाट अपमानित हुनु परेको बताएकी छन्।
बिहीबार ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा बोल्दै उनले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान भएको बताएकी हुन्।
उनले भन्नि, ‘नेताहरुको पितृसतात्मक दृष्टि कस्तो छ भनेर नजिकबाट बुझेको छु। नागरिकताको विषयमा कुरा गर्दा नै रक्त अशुद्धता हुन्छ भन्छन्। रक्त अशुद्धताका र शुद्धताका कुरा धेरै सुन्यौँ। विदेशीसँग विवाह गरेकी महिलाबाट जन्मेको सन्तानको रगत शुद्ध हुँदैन भन्ने भाष्य धेरै सुनेको छु। समानताका दृष्टिकोणले हेर्दा सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान छ। तर यसको विषयमा कुरा गर्दा धेरैचोटी अपमानित भएका समेत छौँ।’
साथै उनले हरेक कुरामा महिला पुरुषबीच समानता हुनुपर्ने बताइन्। उनले विगतको भन्दा अहिलेको संविधान उत्कृष्ट भएको बताइन्।
यसैगरी शर्माले संविधानमा नागरिकताको विषयमा समस्या छ भन्ने कुरामा हामी कोही पनि असहमत नभएको जिकिर गरिन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया