कर्णालीले जनकपुरलाई दियाे ११९ रनको लक्ष्य

Break n Links
Break n Links

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान बनाउनको लागि भएको आजको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ को सामान्य लक्ष्य दिएको छ।

जारी दोस्रो क्वालिफायरमा कर्णालीले जनकपुरलाई ११९ रनको लक्ष्य दिएको हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायाे।

कर्णालीका लागि गुल्सन झाले २५ र देव खनालले २४ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। बलिङमा जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २–२ विकेट लिए। हर्श थाकर र शेर मल्लले समान १ विकेट लिए।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको छ। पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ।

कर्णालीले भने बुधबार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजमाथि २१ रनको जित हात पारेको थियो।

कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधीको लागि खेल्नेछ। पराजित एनपिएलबाट बाहिरिने छ। लिगचरणको भेटमा कर्णाली जनकपुरसँग ८ विकेटले विजयी भएको थियो। फाइनल खेल शनिबार हुनेछ।

प्रकाशित मिति: : 2024-12-19 14:22:00

प्रतिकृया दिनुहोस्