नेपाल बैंकर्स एसोसिएसनकाे अध्यक्षमा सन्तोष कोइराला निर्वाचित

नेपाल बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति गठन गरेको छ।

एसोसिएसनको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित भएका छन्। कोइराला यस अघि नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष थिए।

यसैगरी, नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।

उपाध्यक्ष पदमा कार्यसमितिमा तीन जना सदस्य रहेका छन्। जसमा एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति: : 2024-12-18 19:39:00

प्रतिकृया दिनुहोस्