नेपाल र चीनबीच राँगाको मासु निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

Break n Links
Break n Links

नेपाल सरकार र चिनिया प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ। 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो। 

सोही क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको बताएका छन्। 

नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई राँगा भैसीपालनका लागि थप प्रोत्साहित गर्ने भन्दै उनले नेपालमा राँगाभैसी पालन समाजको अभिन्न अङ्गको रुपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित भएको बताए। 

यस्तै, उनले नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छीपालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा अगाडी आएको पनि बताए। 

यसको साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि यो सम्झौताले नेपाललाई धेरै कुराहरुमा सहयोग पुग्ने भन्दै यसले दुई देशबीच अझ राम्रो सम्बन्ध स्थापित भएको बताए। 

‘लामो समयदेखि चीन र नेपालबीच राम्रो सम्बन्ध रहेको छ। आवश्यक परेको बेला एकअर्कालाई सहयोग गर्ने हाम्रो एतिहासिक परम्परा हो। आज जुन सम्झौता भयो, यसले हामीलाई धेरै कुराहरुमा सहयोग पुर्‍याउँछ’,उनले भने, ‘एउटा विषयले धेरै कुरालाई छुने गर्छ त्यसैले यो सम्झौताले दुई देशबीच अझ राम्रो सम्बन्ध जोड्ने काम गर्छ।’ 

भारतबाट ‘मुर्रा राँगा’ ल्याउँदै, चीनतिर ‘राँगा–भैंसी’को मासु पठाउँदै

प्रकाशित मिति: : 2024-12-16 19:12:00

प्रतिकृया दिनुहोस्