बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो।
काठमाडौंका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे। उनले ३४ बलमा ६० रन बनाएर आउट भए।
काठमाडौंका लागि स्टेफेन र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। लेभिटले ३२ रन बनाए।
भीम सार्की २२, कप्तान करण केसी १ रनमा आउट हुँदा गेरहार्ड इरास्मस २५ रनमा अविजित रहे। बलिङमा पोखराका विपिन खत्रीले ३ र माइकल लिस्कले एक विकेट लिए।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो। पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाउँदा दिनेश खरेलले ३८ रनको योगदान दिए।
दिलिप नाथ २७ र कप्तान कुशल भुर्तेल ७ रनमा आउट भए। काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले समान ३–३ विकेट लिए। गेरहार्ड इरास्मसले एक विकेट लिन सफल भए।
यस खेलमा विजयी काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ। काठमाडौंले अन्तिम खेलमा आइतबार विराटनगर किंग्ससँग खेल्ने छ।
पराजित पोखराको पनि प्लेअफ प्रवेसको अंक गणितीय सम्भावना कायमै रहेको छ। पोखराको अन्तिम खेलमा आइतबार सुदूरपश्चिम रोयल्स हुनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया