
बिएल संवाददाता
आफूविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध प्रदर्शन भएको छ।
सोमबार नेपाल पत्रकार महासंघको अगुवाइमा धरान उपमहानगरपालिका अगाडी पत्रकार, अधिकारकर्मी, नागरिक अगुवासँगै विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रदर्शन गरेका हुन्।
उनीहरूले मौन प्रदर्शन गरेका थिए। प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले मेयर साम्पाङ र उनको समर्थकको धम्की दिने कार्य खेदजनक भएको बताए।
समाचारको विषयमा चित्त नबुझेमा कानुनी कार्वाहीमा जानुपर्नेमा धम्की, डर, त्रास देखाउने कार्य खेदजनक भएको बताए।
खोजपत्रकारिता केन्द्रका लागि पत्रकार गोपाल दाहालले हर्क साम्पाङको मनमौजी कार्य भन्दै समाचार लेखेका थिए। उक्त समाचारलाई लिएर साम्पाङले उनलाई गालीगलौज गरेका थिए।
साथै साम्पाङका समर्थले दाहाललाई धम्की दिएको बताइएको छ। पत्रकार दाहालसँगै साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई पनि धम्की दिएका थिए।
उक्त धम्कीप्रति अधिकारकर्मीहरूले ओलोचना ब्यक्त गरेका छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया