बिएल संवाददाता
धादिङको कृष्णभीरमा दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएकाे छ।
चितवनबाट काठमाडाैँतर्फ आउँदै गरेको एनएल-०२एल-३९०७ नम्बरको ग्याँस बुलेट आइतबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ कृष्णभीरस्थित पृथ्वीलोकमार्गमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको थियाे।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बुलेटको अगाडिको भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको छ।


श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया