बिएल संवाददाता
धादिङको कृष्णभीरमा दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएकाे छ।
चितवनबाट काठमाडाैँतर्फ आउँदै गरेको एनएल-०२एल-३९०७ नम्बरको ग्याँस बुलेट आइतबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ कृष्णभीरस्थित पृथ्वीलोकमार्गमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको थियाे।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बुलेटको अगाडिको भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको छ।


माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया